
३० असोज, काठमाडौं । धनुषाको जनकनन्दी गाउँपालिका-४ खजुरीमा विद्यालयको कक्षा कोठाको पर्खाल भत्किँदा बिहीबार एक जना बालिकाको मृत्यु भएको छ ।
खजुरीस्थित श्री केएसएचबी माध्यमिक विद्यालयको इसीडी कक्षा कोठाको पर्खाल दिउँसो पौने १ बजेको समयमा अचानक भत्किँदा ७ वर्षीया चञ्चला सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए ।
१५/१६ जना बालबालिका रहेको इसीडी कक्षामा बालबालिका पढ्दै गरेको समयमा एक्कासी पर्खाल ढल्दा त्यसमा च्यापिएर घाइते भएका सदाको उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
पर्खालले च्यापिएर खजुरीकै ६ वर्षीय बालक मोहम्मद समीर साफी गम्भिर घाइते भएको थापाले जानकारी दिए । घाइते बालक साफीलाई थप उपचारका लागि विराटनगर अस्पताल लगिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4