Comments Add Comment

मोहम्मद अफताव आलम बयान दिन तयार

३ कात्तिक, काठमाडौं । अपराधको पोल खुल्ने डरले स्थानीयलाई इँटा भट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमले आइतबार जिल्ला अदालतमा बयान दिने भएका छन् ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनताका आफ्नो घरमा बम बनाइरहेको बेला विष्फोट भएको र विष्फोटमा घाइते भएकाहरुलाई जिउँदै जलाएर मारेको आरोपमा आलमलाई प्रहरीले २६ असोजमा पक्राउ गरेको थियो ।

पहिलोपटक जिल्ला अदालतमा उपस्थित गराइँदा उनले वकिलसँग सल्लाह गर्नुपर्छ भन्दै बयान दिन मानेका थिएनन् । दोस्रो पटक अस्वस्थ भएको भन्दै उनले बयान दिएका थिएनन् । आइतबार तेस्रो पटक उनलाई जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ । उनले यसपटक भने बयान दिने बताएको जिल्ला अदालत स्रोतले बतायो ।

यो पनि पढ्नुहोस बम काण्ड आरोपमा पक्राउ सांसद् आलमको म्याद सात दिन थप

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद् तथा पूर्व मन्त्री आलममाथि अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत, रौतहटका न्यायाधीशका चित्रबहादुर गुरुङ्गको इजलासले कात्तिक ३ गतेसम्म म्याद दिएको थियो। हत्या आरोपमा पक्राउ परेका आलम सांसद पदबाट निलम्बनमा परिसकेका छन् ।

यो पनि पढ्नुहोस अफताब आलमबारे देउवाको ‘करेक्सन’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment