Comments Add Comment

‘दि भ्वाइस अफ नेपाल’को ‘ब्याटल राउण्ड’ सकियो, नकआउटमा को–को पुगे ?

हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको विश्वकै चर्चित रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को व्याटल राउण्ड सकिएको छ । ब्याटल सकिएसँगै चार कोचले आफ्नो टिममा ९ जना प्रतियोगी पाएका छन् । प्रत्येक टिमबाट छानिएका ९ जना प्रतियोगीले अब नकआउट राउण्डमा प्रतिष्पर्धा गर्नेछन् ।

‘ब्लाइन्ड अडिसन’बाट प्रत्येक कोचले आफ्नो टिममा १६ जना प्रतियोगी लिएका थिए । आफ्नै टिमका दुई प्रतियोगी बीच हुने ब्याटलबाट प्रत्येक कोचले ८ जना छनोट गरे । कोचलाई दिइएको एउटा स्टिलको अधिकारबाट कोचले अर्को टिमबाट आउट भएका एक जनालाई आफ्नो टिममा लिन पाउनेछन् । जुन अधिकार प्रयोग गरेर कोचले आफ्नो टिममा ९ जना प्रतियोगीतलाई राखेका छन् ।

‘भ्वाइस अफ नेपाल’को इतिहासमा पहिलो पटक कोच आस्था राउतको टिमबाट दुई जना प्रतिस्पर्धी एक भएका छन् । यसको मतलब ब्याटलमा उत्रिएका दुबै प्रतियोगीलाई एक बनाएर नकआउट राउण्डमा लगिन्छ । त्यसमा परेका दुई प्रतियोगीहरु हुन्, राहुल र कुमार । अब उनीहरु एक भएर अर्को राउण्डमा प्रवेश गरेका छन् ।

योसँगै आस्थाको टिमबाट नकआउट राउण्डमा जाने प्रतियोगीहरुमा रीता, यांकी, नविना, जमुना, राजिव, आरिफ, राहुल–कुमार, श्रृङ्खला र स्टिलबाट आएकी शशिका छन् ।

त्यस्तै प्रमोद खरेलको टिममा सुशान्त, शाईकिरण, विशाल, बलबहादुर, बिमोचना, मधु, सौगात र मेचु ब्याटलबाट छनोट भए । प्रमोदले दीप श्रेष्ठको टिमबाट बाहिरिएका रामलाई स्टिल गरेर आफ्नो टिममा लिएका छन् ।
राजु लामाको टिममा विजय, करण, गीता, वैशाली, शनिश, अन्जु, कुमार, रेमन ब्याटलबाट छनोट भए । ब्याटलको अन्तिम चरणमा राजुले टिम दीपबाट बाहिरिएकी आकंक्षालाई स्टिलबाट आफ्नो टिममा लिएका छन् ।

दीप श्रेष्ठले ब्याटलबाट विकास, डम्बर, सुमन, पृथ्विन्द्र, अंकित बस्नेत, निर्मला, कविराज, रजनी छनोट गरे । टिम दीपमा स्टिल भएर आएका छन्, संजय ।

आगामी हप्ताबाट नकआउट राउण्ड सुरु हुनेछ । पहिलो सिजनमा नकआउट राउण्ड समावेश भएको थिएन । यस सिजनमा भने भ्वाइसले नकआउट राउण्ड सुरु गरेको छ । ‘दि भ्वाइस अफ नेपाल’ प्रत्येक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट हिमालय टेलिभिजनमा प्रशारण भैरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment