Comments Add Comment

सानमिगेलको एक्सप्लोर अभियान सुरु

३ कात्तिक, काठमाडौं । पर्यटन प्रवर्धन सहयोग पुर्‍याउन देशका विभिन्न गन्तव्यहरुको परिचय दिने उद्देश्यले सानमिगेलको ‘एक्सप्लोर’ अभियान प्रारम्भ गरेको छ ।

‘एक्सप्लोर’ अभियानको सुरुवात सानमिगेल फिलिपिन्सबाट सुरु भएको हो । सोही अभियानलाई पछ्याउँदै नेपालमा ‘एक्सप्लोर’ अभियानले देशभित्रका विभिन्न क्षेत्रमा पुग्ने र त्यहाँका गन्तव्यहरुका प्रचार गर्ने उद्देश्य राखेको छ ।

यस अभियान अन्तर्गत नेपाली जगतका लोकप्रिय युट्युब भ्लगर्सलाई सहभागी गराई उनीहरुको अनुभवलाई युट्युब मार्फत प्रचार–प्रसार गराइने छ । ख्यातिप्राप्त युट्युब भ्लगर्स घुमन्ते, चेतनराज कार्की, सिसन बानियाँ र ‘नेपाल’एट्थ वन्डर पर्यटन प्रचारको लागि कञ्चनजङ्गा बेसक्याम्प, भोटेकोशी, अन्नपूर्ण बेसक्याम्प र एभरेष्ट बेसक्याम्पको जीवनशैली र अन्य विधाको अध्ययन गरी युट्युब मार्फत प्रचार–प्रसार गर्ने छन् ।

नेपालका विभिन्न भाग पर्यटकीय दृष्टिकोणले अत्यन्त आकर्षक भएको र तिनीहरुले प्रशस्त पर्यटनको सम्भावना बोकेकाले त्यस्ता ठाउँहरुलाई प्रचार माध्यमले प्रवद्र्धन गर्ने उद्देश्य ‘एक्सप्लोर’ अभियानले बोकेको छ । यसबाट आन्तरिक एवं बाह्य पर्यटनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

१९९४ देखि नेपाली माझ लोकप्रिय सानमिगेलले केवल रमाइलो र साहस मात्र नभई प्रकृति, मित्रता र विश्रामको गहिराई पत्ता लगाउन उत्प्रेरित गरेको छ भने ‘एक्सप्लोर’ क्याम्पेन मार्फत भिजिट नेपाल २०२० को आगमनको साथ दिदै नयाँ ठाउँ नयाँ खोज अनि भिन्न रोजाई पस्कने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment