Comments Add Comment

अष्ट्रेलियामा नेपाली युवा प्रेमराज बने ‘च्याम्पियन अफ च्याम्पियन’

३ कात्तिक, काठमाडौं । अष्ट्रेलियाको राज्यस्तरीय शारीरिक सुगठनमा नेपालका युवा प्रेमराज भट्ट च्याम्पियन अफ च्याम्पियन बनेका छन् ।

विश्व शारीरिक सुगठन अन्तर्गत न्यू साउथ वेल्स, अष्ट्रेलिया टाइटल २०१९ को लागि आइतबार लिभरपुलको क्याथलिक क्लबमा भएको फाइनल प्रतिस्पर्धामा प्रेमराजले पुरुष फिजिक्सतर्फ उपाधि जितेका हुन् । जितसँगै उनले अष्ट्रेलियाको राष्ट्रिय खेलकुदमा न्यू साउथ वेल्स राज्यका तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।

राज्यस्तरीय खेलमा प्रेमराज फिटनेस नेपाल (क्याम्सी), सेप्स टु (काठमाडौं) बाट सहभागी भएका थिए । पुरुष फिजिक्सतर्फ विगिनर (पहिलो पटक) र सर्टहाइट (१७२ सेन्टिमिटर) मा प्रतिस्पर्धा गरेका उनले दुबैमा स्वर्ण पदक जितेका थिए ।

त्यसपछि सबै समूहभित्र स्वर्ण जित्ने खेलाडीको प्रतिस्पर्धामा पनि उनी विजेता बन्दै च्याम्पियन अफ च्याम्पियन बने। प्रतियोगितामा डेढ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment