Comments Add Comment

आलममाथि थप दुई अभियोग, भन्छन् : फसाउन खोजियो

३ कात्तिक, रौतहट । राजपुर बमकाण्डको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहमद आफताव आलमलाई अदालतले थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

जिल्ला न्यायाधीश चाणकमणि अर्यालको इजलासले आलमलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

आलमका पक्षमा ८ जना कानून व्यवसायीले बहससमेत गरेका थिए भने सरकारी वकिल खडिण्द्रराज कटुवाल विपक्षमा ।

यसअघि उनलाई ७ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको थियो ।

१२ वर्षअघि (२७ चैत २०६४) मा भएको बम विस्फोटको घटनालाई दिएर २६ असोजमा आलम पक्राउ परेका हुन् । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय रौतहट पुर्‍याइएको छ ।

आलम माथि थप दुई अभियोग

सांसद आलममाथि थप दुई अभियोग लाग्ने भएको छ ।

सरकारी वकिल कटुवालका अनुसार आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जिवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा दायर हुनेछ ।

घटनाका संलग्न भएको अभियोग लागेका चार जना फरार छन् भने बम विस्फोटमा घाइते भएकाहरुलाई इँटा भट्टामा लैजान प्रयोग भएको भनिएको ट्याक्टरबारे पनि अनुसन्धान भइरहेको छ ।

झुठो आरोपमा फसाइयो : आलम

आलमले भने आफूलाई झुठो मुद्दामा फसाइएको प्रतिक्रिया दिएका छन । अदालत परिसरमा उनले भने, ‘घटना नै नभएका कारण महान्याधिवक्ताको कार्यालयले मुद्दा नचल्ने गरी फैसला गरिसकेको छ । पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेको केसमा राज्यले षडयन्त्र गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment