Comments Add Comment

गुल्मीको तम्घास–सिमलटारी सडकको २८ किलोमिटर कालोपत्रे

५ कात्तिक, गुल्मी । मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास–सिमलटारी सडक खण्डकलोपत्रे भएसँगै स्थानीय हर्षित भएका छन् । सदरमुकाम तम्घासबाट सिमलटारी, पुर्कोट हुँदै प्यूठानसम्म पुग्ने सडकको सिमलटारीसम्म कालोपत्रे भएको हो ।

सडक कालोपत्रे भए पछि सडक पार गर्न लाग्ने समय छोटिएको छ । पहिले साढे २ घण्टा लाग्नेमा अब एक घण्टामै पुग्न सकिने भएको छ ।

फराकिलो सडक त्यसमाथि कालोपत्रेमा यात्रा गर्न पाउदा यसभेगका स्थानीय सुखद अनुभूति गरेका छन् । सडक कालोपत्रे भएपछि धुर्कोट, मालिका, इस्मागाउँपालिकामा पुग्ने स्थानीय प्रत्यक्ष लाभांवित भएका छन् । बाटो पक्की भएपछि सवारी साधनको भाडा पनि घटेको छ ।

सडक कालोपत्रे गर्न ०७२ सालदेखि कालिका कन्ट्रक्सनले निर्माणको काम गर्दै आएको थियो । सडकको साढे ५ मिटर चौडाई कालोपत्रे गरिएको हो । तम्घासदेखि सिमलटारीसम्मको २८ किलोमिटर सडक कालोपत्रे सम्पन्न भइसकेको मदन भण्डारी राजमार्ग आयोजना कार्यालय तम्घासका इन्जिीनियर सुनित केसी बताए ।

८७ करोड ९१ लाख रुपैयाँ लागत रहेको सडकको कालोपत्रे गर्दासम्म कुल ६८ करोड ६१ लाख रुपैयाँ खर्च भइसकेको इन्जिनियर केसी बताए । तम्घास सिमलटारी सडक खण्डमा ४ वटा खोलामा पुल बनाउनको निम्ति माग गरिएको मदनभण्डारी राजमार्गले जनाएको छ ।

राजमार्गको अन्य सडक चिह्न, किलोमिटर लगायतका संकेतहरु राख्नको निम्त काम भइरहेको आयोजनाले जनाएको छ । सोही राजमार्गको सिमलटारीदेखि पुर्कोट दहसम्मको १० किलोमिटरमा ग्रावेल गर्ने काम सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment