+
+
Shares

माछापुच्छ्रे बैंक ‘कर्पोरेट सुपर सिक्सेस ६’ को मुख्य प्रायोजक

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते १६:३९

५ कात्तिक, काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘कर्पोरेट सुपर सिक्सेस ६’ को आयोजना हुने भएको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा माछापुच्छ्रे बैंक र एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच ‘कर्पोरेट सुपर सिक्सेस ६’को मुख्य प्रायोजक माछापुच्छ्रे बैंक रहने गरी सम्मौतापत्रमा हस्ताक्षर भएको हो ।

प्रतियोगिता पौष २ देखि ७ गतेसम्म हुनेछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने पत्रकार सम्मलेनमा जानकारी गराइयो ।

उक्त सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा एसएस इभेन्ट म्यानेजमेन्ट कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात यो वर्षको कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको नाम माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन ६ रहनेछ ।

उक्त पत्रकार सम्मलेलनमा बोल्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अहिलेको अवस्थामा स्वस्थ रहनको लागि खेलकुद अपरिहार्य जस्तै रहेको बताउँदै माछापुच्छ्रे बैंकले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरूको दैनिक कामकाजको साथसाथै खेलकुदप्रतिको रुचिलाई मध्यनजर गर्दै बैंकले यो प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराए ।

साथै उनले पूर्वमा झापादेखि पश्चिममा महाकालीसम्म २७१ भन्दा बढी सेवा सञ्जालमार्पत आमनागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवा मात्र नभएर अन्य थुप्रै कार्यहरूमा सहभागिता जनाउँदै आएको बताउँदै खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमकितामा रहने जनाए ।

प्रमुख कार्यकारी अधिकृत शर्माले यो वर्षको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस टुर्नामेन्ट कर्पोरेट क्षेत्रको मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रूपमा मनाउने तयारी गरेको बताए ।

माछापुच्छ्रे बैंकले पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, तराई र तराईसम्म आफ्ना १४१ वटा शाखाहरू, १३० वटा शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा २७१ स्थानमा रहेका सेवा सञ्जाल तथा १६३ वटा एटीएमहरू मार्फत ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?