Comments Add Comment

कुमार पौडेल हत्यामा संलग्नलाई कारबाही गर : जनमोर्चा

५ कार्तिक, काठमाडौं । राष्ट्रिय जनमोर्चाले विप्लव समूहका कार्यकर्ता कुमार पौडेलको हत्यामा संलग्नलाई कडा कारबाही गर्नु पर्ने माग गरेको छ ।

पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मंगलबार एक प्रेश विज्ञप्ती जारी गर्दै कुनै व्यक्तिलाई गिरफ्तार गरी त्यसरी हत्या गर्नु संविधान, कानुन र मानव अधिकार समेतको गम्भीर उल्लङ्घन भएको भन्दै हत्यामा संलग्नलाई कडा कारबाही हुनुपर्ने माग गरेका हुन् ।

त्यस प्रकारको कार्यको कडा शब्दमा विरोध र भत्र्सना गर्दै गैरकानुनी कार्यमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कारवाही हुनु पर्ने जनमोर्चाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ  ।

राष्ट्रिय मानव अधिकार आयोगले सोमबार कुमार पौडेलको हत्या दोहोरो भिडन्तमा नभएर गिरफ्तार गरेपछि हत्या गरिएको निष्कर्ष सार्वजनिक गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment