+
+
Shares

घर पोत्ने कमेरो खन्ने क्रममा पुरिएर एक किशोरीको मृत्यु   

रासस रासस
२०७६ कात्तिक ७ गते १६:१२

७ कात्तिक, रोल्पा । तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा बिहीबार बिहान आएको पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–३ कमिरेधारामा कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले घटनामा परी सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएको बताए । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको छ । प्रहरीचौकी सातदोबाटोबाट गएको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको गुरुङले जानकारी दिए ।

उद्धारपछि घाइतेको उपचार गरिने प्रहरीले बताएको छ । उक्त घटनास्थल निकै जोखिमयुक्त रहे पनि स्थानीयवासीले दशैं तिहारमा घर रङ्गाउने कमेरो सोही ठाउँबाट खन्दै आएका छन् । दशै तिहारकै मौसममा अघिल्लो वर्ष पनि यहाँ एकजनाको मृत्यु भएको रोल्पा नगरपालिका–३ की सरमा विष्टले जानकारी दिइन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?