Comments Add Comment

अक्षयले भने–‘मायाको अघि घृणाको केही चल्दैन’

अक्षय कुमार स्टारर चलचित्र ‘हाउसफुल ४’ले बक्स अफिसमा सुखद व्यापार गरिरहेको छ । तर, समिक्षात्मक रुपमा भने चलचित्र निकै कमजोर बनेको प्रतिक्रिया आयो । समिक्षकदेखि दर्शकसम्मले चलचित्रको आलोचना गरिरहेका छन् ।

चलचित्रले १ सय करोडको व्यापार पार गर्दै गर्दा अक्षयले आफ्ना फ्यानहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्ना दर्शकलाई धन्यबाद भन्दै धेरै मायाको अगाडि घृणा कमोजर बन्ने बताएका छन् । उनले भनेका छन्–‘मायाको अगाडि घृणाको केही चल्दैन भन्ने प्रमाण दिनुभएकोमा हाम्रो सम्पूर्ण दर्शकलाई धेरै धेरै धन्यवाद ।’

‘हाउसफुल ४’ लाई वर्षकै प्रतिक्षित चलचित्रको रुपमा हेरिएको थियो । यस अगाडिका तीन सिरिज निकै हिट थिए । त्यसैले पनि चलचित्र हेर्न दर्शक आतुर थिए । तर, खराब समिक्षाको कारण चलचित्रले अपेक्षित व्यापार भने गर्न सकेन ।

अक्षयले फ्यानलाई धन्यवाद दिदै गर्दा यो चलचित्रको कलेक्शनको आँकडा धेरै नै बढाएर भनिएको भन्दै ट्विटरमा चर्को आलोचना भैरहेको छ । बलिउडका केही ट्रेडहरुले यस्ता खराब संकार छाड्नपर्ने उल्लेख गरेका छन् । दैनिक ३–४ करोड बढाएर चलचित्रको कलेक्शन सार्वजनिक भैरहेको उनीहरुले ट्विटरमा उल्लेख गरेका छन् ।

सजिद नाडिवालाको निर्माणमा तयार भएको यस चलचित्रलाई फरहद सम्जीले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment