१४ कात्तिक, जनकपुरधाम । छठ पर्वलाई लक्षित गरी प्रदेश २ को राजधानी जनकपुरधाममा माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरण बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै छठ पर्वलाई लक्षित गर्दै तीन दिनका लागि माछा, मासु र रक्सी प्रयोग तथा बिक्री बितरणमा रोक लगाइएको जनाएको छ ।
जनकपुरधामको परिक्रमा क्षेत्रभित्र माछा, मासु र मदिरा सेवन, बिक्री वितरण तथा कारोबारमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताएका छन् ।
शुक्रबारदेखि आगामी आइतबारसम्मका लागि प्रयोग तथा बिक्री बितरणमा रोक लगाइएको उनले बताए । यो सूचना विपरित गरे/गराएमा प्रचलित कानून बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4