+
+
Shares

बाराबाट मदिरा र पटाका बरामद

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १५:०२

१५ कात्तिक, वीरगञ्ज । बारा प्रहरीले कस्तुरी मदिरा र भारतबाट अवैध रूपमा भित्राइएका पटाका बरामद गरेको छ ।

कलैया–१० निलकण्ठवा सडक किनारमा भारतबाट अवैध रूपमा भित्राइएको १ लाख मूल्य बराबरको पटाका बिहीबार बरामद गरेको प्रहरी चौकी मटिअर्वाले जनाएको छ ।

प्रहरी चौकी अमृतगंज खजानीको टोलीले सिम्रौनगढ–१ भन्टाबारीबाट ४५ हजार मूल्य बराबरको ४४ कार्टुन कस्तुरी मदिरा बरामद गरेको छ ।

नेपालबाट भारत तर्फ निकासीको लागि लुकाइ छिपाइ राखेको अवस्थामा उक्त परिमाणको कस्तुरी मदिरा तथा मदिरा ओसार्न प्रयोग गरिएको ५ थान साइकल समेत प्रहरीले बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?