Comments Add Comment

पदार्थको चौथो रूप प्लाज्माबारे विद्यार्थीलाई प्रशिक्षण

१५ कात्तिक, घोराही । विज्ञान तथा सम्भावना अनुसन्धान केन्द्र नेपालको आयोजनामा घोराहीमा प्लाज्माको विषयमा आधादिने कार्यक्रम आयोजना गरिएको छ । लक्जेम्वर्ग विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका दाङका युवक किशोर आचार्यले प्लाज्माको बारेमा दुई सत्रमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्लाज्मालाई तरल, ठोस र ग्यास पछिको पदार्थको चौथो रूप मानिन्छ।

विभिन्न स्कुल एवं कलेजका विद्यार्थीहरुको उपस्थितिमा भएको कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम.सी., वडा नं १५ का अध्यक्ष रमेश पाण्डेले शुभकामना मन्तव्य राखेका थिए ।

हामो समाजमा अनुसन्धान पद्धतिको अत्यन्त अभाव रहेको र यो कार्यक्रमले निकै सह्रानीय काम गरेको घोराही नगर प्रमुख नरुलाल चौधरीले बताए। उनले समाजमा अनुसन्धान गर्ने भन्दा पनि नक्कल मात्र गर्ने प्रवृत्तीले गर्दा समाज पछि परेको बताए।

घोराहीको होटेल सिटी प्लाजामा आयोजित कार्यक्रममा पहिलो सत्र आम सहभागीहरुको लागि थियो भने दोस्रो सत्र विषयगत सहभागीहरुको लागि गरिएको थियो।

कार्यक्रमको सुरुवातमै कार्यक्रमको पारदर्शीताको लागि आर्थिक विवरण पेश गरिएको थियो। संस्थाका सदस्य नरेश रेग्मीले संस्था स्थापनाको उद्देश्यसहित आर्थिक विवरण पेश गरेका थिए ।

कार्यक्रमको अधिकांश समय विषय केन्द्रित भएकाले किशोर आचार्यले विभिन्न श्रव्य दृष्य सामाग्रीसहित विभिन्न गणितीय सूत्रहरु बुझाएका थिए।

कार्यक्रमका लागि गुरुकुल, जनज्योति विद्यामन्दिर, तुल्सी आवासीय विद्यालय, सिद्धार्थ एकेडेमी र जनता बुक स्टलले आर्थिक सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment