Comments Add Comment

डिस्चार्जपछि प्रधानमन्त्रीले भने-आई एम फिट

१४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले ‘आई एम फिट’ भन्ने प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओली बुधबार विहान अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री निजी सचिवालयले नियमित चेकजाँच मात्र भएको बताएको थियो भने अस्पतालले पनि स्वास्थ्य अवस्था सामान्य रहेको बतायो ।

तर बुधबार दिउँसो नै प्रधानमन्त्रीको आकस्मिक रुपमा डायलासिस गरिएको थियो । बिहीबार दिउँसोे दोस्रो पटक डायलासिस भयो ।

अस्पतालले त्यसबेला पनि यसबारे कुनै जानकारी दिएको थिएन । तर प्रधानमन्त्री ओलीलाई भेटेर फर्किने क्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै डायलासिस भएको बताइदिए

त्यसपछि मात्र अस्पतालले प्रधानमन्त्रीको डायलासिस गरिएको स्वीकार गरेको छ ।

अब फेरि डायलासिस गर्नु पर्नेनपर्नेबारे रगत परीक्षणको रिपोर्टहरु आएपछि मात्र भन्न सकिने मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बताए ।

तस्वीरः चन्द्रबहादुर आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment