Comments Add Comment

प्रधानमन्त्रीको डायलासिस भयो, अहिले ठीक छ : प्रचण्ड

१४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको डायलासिस गरिएको पुष्टि गरेका छन् ।

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा उपचाररत छन् । उनको निजी सचिवालय र अस्पतालले नियमित स्वास्थ्य परीक्षण मात्र भएको दाबी गर्दै आएको थियो ।

तर बुधबार र बिहीबार दुई पटक उनको मिर्गौलाको डायलासिस गरिएको स्रोतको दाबी छ ।

बिहीबार प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगेका उनले सञ्चारकर्मीहरुसँग भने, ‘भर्खर एउटा डायलासिस भएपछि रेष्ट गरेर डिस्चार्ज हुँदै हुनुहुन्छ । आज बालुवाटार जानुहुन्छ ।’

प्रधानमन्त्री ओलीसँग आफ्नो सामान्य कुराकानी भएको उनले सुनाए । ‘समस्या छिटोछिटो देखा पर्‍यो, अहिले ठीकै छ भन्नुभयो’, प्रचण्डले भने, डायलासिस गरेपछि उहाँको स्थिति सामान्यतिर गइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment