+
+
Shares

अपाङ्गता बालबालिकाको सहयोगार्थ नारायणी नदी किनारमा महोत्सव

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १५ गते १८:४५

१५, कात्तिक, चितवन । चितवनको नारायणी नदी किनारमा शुक्रबारदेखि ‘नारायणी महोत्सव २०७६’ सुरु भएको छ ।

रेविका बाल प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको उद्घाटन व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गरे । महोत्सवको उद्घाटन अगाडि नारायणगढको पुलचोकबाट विभिन्न जाति तथा समुदाय विशेषको झाँकीसहितको शोभायात्रा निकालिएको थियो ।

महोत्सवमा विभिन्न तीन सय वटा व्यवसायिक स्टलहरु छन् । सर्वसाधारणका लागि ५० रुपैयाँ तथा विद्यार्थीका लागि ४० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने ज्येष्ठ नागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले जानकारी दिइन् ।

महोत्सवलाई थप आकर्षण बनाउनका लागि बद्रि पङ्गेनी, प्रमोद खरेल, प्रकाश सपुत, शिव परियार, ज्योति मगर, प्रिती आलो, रामजी खाँण, दुर्गेश थापा, कुलेन्द्र विश्वकर्मा, रमेशराज भट्टराईसहित ३५ जना भन्दा बढी कलाकारहरुको प्रस्तुती रहने प्रतिष्ठानकी अध्यक्ष थापाले जानकारी दिइन् । महोत्सव कात्तिक २५ गतेसम्म चल्ने छ ।

प्रतिष्ठानले आयोजना गरेको महोत्सवबाट प्राप्त आम्दानी अपाङ्गता भएका बालबालिकाहरुका लागि खर्च गरिने जनाइएको छ । एक करोड रुपैयाँ आम्दानी गर्ने उद्धेश्यसहित सञ्चालन गरिएको महोत्सवमा करिब ८० लाख रुपैयाँ खर्च हुने थापाले बताइन् । प्रतिष्ठानमा शारीरिक रुपमा अशक्त भएका २५ जना बालबालिका राखिएको छ । महोत्सवबाट भएको बचतलाई ती बालबालिकाहरुको शिक्षा, दीक्षा तथा औषधि उपचारमा खर्च गरिने थापाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?