Comments Add Comment

नेदरल्यान्ड्सले जित्यो विश्वकप छनोटको उपाधि

Photo Credit : आईसीसी

१७ कात्तिक, काठमाडौं । नेदरल्यान्ड्सले आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार राति यूएईमा सम्पन्न फाइनलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै नेदरल्यान्ड्सले विश्वकप छनोटको उपाधि जितेको हो । १२९ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेदरल्यान्ड्सले १९ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

नेदरल्यान्ड्सको जितमा वेन कुपरले ४१, रियान टेन डोस्याटले अविजित ३४ र कोलिन एकरम्यानले नटआउट २९ रन बनाए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२८ रन बनाएको थियो । उसका लागि लिगा सिकाले ३९ र सिसी बाउले २९ रन बनाएका थिए ।

त्यस्तै, तेस्रो स्थानको लागि भएको खेलमा आयरल्यान्डले नामिवियालाई २७ रनले पराजित गरेको छ ।

सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकप क्रिकेटमा यो छनोटबाट नेदरल्यान्ड्स, पपुवा न्युगिनी, आयरल्यान्ड, स्कटल्यान्ड र ओमान प्रवेश गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment