Comments Add Comment

यस्तो खेलले बढाउँछ बालबालिकाको उचाई

बालबालिकाको विकासमा सन्तुलित आहार जति महत्वपूर्ण हुन्छ । त्यति नै अनिवार्य हुन्छ शारीरिक व्यायाम । अचेल बालबालिकाहरु आफ्ना अधिकांश समय खेलकुदको साँटो इलेक्ट्रोनिक्स गेमहरु, भिडियो गेमहरु अथवा ल्यापटप/कम्पप्युटरमा बिताउन थालेका छन् । जसबाट उनीहरुको मानसिकका साथै शारीरिक विकासमा समेत नकारात्मक प्रभाव पर्छ ।

यदि बालबालिकाहरु घर बाहिर गएर खेल्न मन पराउँदैनन् अथवा घर बाहिर खेल्नका लागि जानै सक्दैनन भने तपाईंले उनीहरुलाई घर भित्र खेल्ने वातावरण मिलाई दिनुपर्छ । जस्तो उनीहरुलाई घरको कोठा अथवा छतमा डोरी खेल्न दिन सकिन्छ । यसलाई चलनचल्तीको भाषामा स्किपिङ पनि भनिन्छ । डोरीमा उफ्रिने यो खेलले बालबालिकाहरुको शारीरिक विकासमा सकारात्मक प्रभाव पार्छ । स्किपिङले बच्चाहरुमा निम्न फाइदा गर्ने गर्छ ।

यसरी सिकाऔं स्किपिङ

प्रारम्भमा बालबालिकाहरुलाई डोरीमा उफ्रिन अथवा दौडन गाह्रो लाग्न सक्छ । त्यसैले उनीहरुलाई नजिकै उभ्याएर डोरीमा उप|mन सिकाउनुपर्छ । यस क्रममा के कुरामा याद राख्नुपर्छ भने डोरीका आकार उनीहरुभन्दा लामो हुनु हुँदैन । यदि डोरी लामो भयो भने उनीहरुको खुट्टामा अल्झिन सक्छ । डोरीमा उफ्रिनुअघि बालबालिकाहरुलाई आफ्नो घुँडालाई झुकाउनु हुन्न भन्ने कुरालाई सम्झाउनु पर्छ । उफ्रिने क्रममा आफ्नो खुट्टाको पैतालाको सहारा लिनुपर्छ । यसबाहेक डोरीको दुबैतर्फको टुप्पोलाई कसेर समात्न पनि सिकाउनु पर्छ । ताकि उफ्रिने बेलामा डोरी हातबाट नछुटोस् ।

डोरीमा उफ्रनुको फाइदा

हाइट बढ्छ

बालबालिकाहरुको हाइट बढाउनका लागि डोरीमा उपि|mनु एउटा अति नै उत्कृष्ट विकल्प हो । हरेक दिन केही समयसम्म डोरीमा उफ्रनाले बालबालिकाहरुको हाइट निकै चाँडै बढ्ने एक अध्ययनले देखाएको छ ।

शरीर हुन्छ मजबुत

डोरीमा उफ्रनाले बालबालिकाहरुको शरीर मजबुत हुन्छ । डोरीमा उफ्रिने बालबालिकाको खुट्टामा भार पर्छ । जसले उनीहरुको खुट्टाको मांशपेशीहरु, तिघ्रा तथा पिँडुला मजबुत हुन्छ । डोरीमा उउफ्रनाले जोर्नीको दुखाई पनि कम हुन्छ । साथमा ती जोर्नीहरु समेत मजबुत हुन्छन् ।

इनर्जीको कुरा

डोरीमा उफ्रनाले बालबालिकाहरुको शरीरमा इनर्जी आइरहन्छ । जसबाट उनीहरु घरमात्र होइन विद्यालयका हरेक गतिविधिमा समेत उनीहरु निकै सक्रिय रहन सक्छन् । यसले एडीएचडी रोगबाट ग्रस्त बालबालिकाहरुलाई समेत फाइदा पुग्छ ।

वजन पनि घट्छ

दिनभरी मोबाइल, टेलिभिजन, ल्यापटपमा झुण्डिनाले तथा फास्टफुडको अत्यधिक प्रयोगले बालबालिकाहरुको शरीरमा बोसोको मात्रा धेरै नै भइसकेको हुन्छ । जसका कारण उनीहरु सानो उमेरमै निकै माटो देखिन थाल्छन् । त्यस्तो बेला डोरीमा उफ्रनाले उनीहरुको पेटको बोसो घटेर शरीरको वजन नै कम हुन्छ ।

मुटु स्वस्थ हुन्छ

डोरीमा उफ्रनु भनेको कार्डियो एक्सरसाइज अन्तर्गत पर्दछ । जसले हार्ट बिटलाई सामान्य गराउन समेत मद्दत गर्छ । जब मुटु स्वस्थ हुन्छ, तब धमनीहरु तथा नशाहरुसम्म सफा रगत प्रवाह हुन्छ । जसबाट शरीरमा काम गर्ने स्टामिना समेत बढ्छ ।

छालाको लागि फाइदाजनक

अचेल बालबालिकाहरु अधिकांश समय एसी अथवा पङ्खामा बस्न रुचाउँछन् । जाडोमा एसीको प्रयोग गर्नेहरु बढिरहेका छन् । त्यसले उनीहरुको शरीरका रोम छिद्रलाई पूर्ण रुपले बन्द गरिदिन्छ  । डोरीमा उफ्रनाले उनीहरुको शरीरमा प्रशस्त पसिना बग्छ । जसले उनीहरुको रोम छिद्रा खुल्न सहयोग पुग्छ । यसबाट उनीहरुको छाला समेत सफा तथा स्वस्थ भइरहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment