Comments Add Comment

फ्यानसँग आकाशको जन्मदिन

नायक आकाश श्रेष्ठले आफ्नो जन्मदिन फ्यानसँग मनाएका छन् । फ्यानहरुले आयोजना गरेको विशेष कार्यक्रममा पुगेर उनले जन्मदिन मनाएका हुन् । नायक आकाश श्रेष्ठले जन्मदिनको अवसरमा फ्यानले दिएको मायाले आफूलाई निकै नै खुशी लागेको बताए । चलचित्र क्षेत्रमा अनवरत रुपमा काम गर्ने योजना रहेको सुनाउँदै आकाशले एउटा कलाकारका लागि फ्यानको माया नै सवथोक भएको सुनाए । |

आकाशको अभिनय, स्टाइल सबै मनपर्ने भन्दै फ्यानहरुले जन्मदिन विशेष बनाएका थिए । जन्मदिनमा ‘आकाश–पूजा फ्यान क्लब’ले आइफोन गिफ्ट दिएका थिए । आकाश अभिनित चलचित्र ‘पोई पर्यो काले’ अहिले हलमा चलिरहेको छ । व्यापारिक रुपमा राम्रो कमाई गर्न सफल चलचित्रका कारण पनि आकाश खुशी देखिएका थिए ।

चलचित्र ‘म त तिम्रै हुँ’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक अहिले दर्शकमाझ लोकप्रिय छन् । उनी अभिनित ‘तिमी सँग, रामकहानी, पोई पर्यो काले, ब्ल्याक’ लगायतका चलचित्र रिलिज भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment