Comments Add Comment

छालाकै कारण मलाईकाले बलिउडमा काम नपाउँदा….

बलिउड अभिनेत्री मलाईका अरोराले जब बलिउडमा कदम राखेकी थिइन् । त्यो बेला उनको छालाको रंगको कारण धेरै पटक उनलाई काम पाउन गाह्रो भएको थियो । उनको ठाउँमा गोरो वर्णकी कलाकारलाई लिइएका धेरै उदाहरणहरु छन् । अभिनेत्री मलाइका अरोराले यो कुराको खुलासा हालै मात्र गरेकी हुन् ।

मलाईका भन्छिन्-‘म त्यो बेला बलिउडमा आएकी थिएँ, जुन बेला गोरो छालालाई सुन्दर मानिन्थ्यो र त्यहीँ गहुँगोरो रंगलाई सुन्दर मानिँदैन थियो । मलाई सधैं गहिरो रंगको छाला भएकी युवतीको श्रेणीमा राखिन्थ्यो । छालाको रंगलाई लिएर खुल्ला रुपमा पक्षपात हुने गर्दथ्यो ।’

मलाईका फिल्म उद्योगमा आफ्नो आकर्षक तथा उत्कृष्ट नृत्यका कारण चर्चित छिन् । चल छैयाँ छैयाँ, गुड नाल इस्क मीठा, माही वे, काल धमाल तथा मुन्नी बदनाम हुई आदि उनका ब्लकबुस्टर आइटम गीतहरु हुन् । मलाईकाले आफ्नो करियरको प्रारम्भिक दिनहरुको उक्त अनुभव नेहा धूपियाको कार्यक्रम नो फिल्टर नेहाको चौथो सीजनको क्रममा व्यक्त गरेकी हुन् ।

पछिल्लो समय मलाईका प्रायः आफ्नो सम्बन्धका कारण चर्चामा आइरहन्छिन् । उनलाई धेरै पटक अभिनेता अर्जुन कपूरसँगको सम्बन्धका कारण सामाजिक सञ्ज्ाालमा ट्रोल गरिएको छ । त्यसो त, त्यसका बारेमा मलाइकाले आफूलाई खासै फरक नपर्ने उल्लेख गरिसकेकी छिन् ।

मलाइका भन्छिन्-‘वास्तवमा मलाई केही पनि फरक पर्दैन । म योभन्दा बढी खराब शब्दहरुमा भन्न सक्छु, तर यो सत्य हो । केवल एउटा चिज जुन दिमागमा आउँछ, त्यो के हो भने मलाई त्यस्ता मानिसहरुप्रति नराम्रो लाग्छ । जो निश्चित तरिकाले कुराकानी गर्दछन् अथवा व्यवहार गर्दछन् । मैले भन्न खोजेको कुरा के हो भने जो व्यक्ति यी सबै कुरा कसैका लागि लेखिरहेका छन्, उनीहरुको दिमाग नै सही हुँदैन अथवा उनीहरुमा आत्मविश्वासको समेत कमी हुन्छ । किनभने सामान्य व्यक्तिले कहिले पनि कसैलाई पनि यति तल्लो स्तरको देखाउने बारेमा सोच्न समेत सक्दैन ।’

मलाइकाले अगाडि भनेकी भनेकी छिन्-‘मलाई के लाग्छ भने, जो व्यक्ति सामाजिक सञ्जालमा ट्रोल गर्छन्, उनीहरुलाई आफैँसँग धेरै प्रकारका गुनासोहरु हुन्छन् किनभने तपाईंसँग एउटा माध्यम छ र तपाईंलाई त्यहाँ कसैले पनि चिन्दैनन् । त्यसको अर्थ उनीहरुले आरामले कसैका लागि पनि जे पनि भन्न सक्छन् । मलाई त्यस्ता व्यक्तिहरुप्रति दया लागेर आउँछ, उनीहरुको बारेमा सोचेरै नराम्रो लाग्छ ।’

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment