Comments Add Comment

वीरगन्जमा सुरु भयो चलचित्र महोत्सव

२१ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा बिहीबारदेखि ‘स्वर्णिम चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् ।

महोत्सव उद्घाटनअघि चलचित्र कलाकारहरु  प्रभातफेरिमा सहभागी भएका थिए ।  घण्टाघरबाट सुरु भएको प्रभात फेरि रंगशालासम्म पुगेको थियो ।

चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनको लागि महोत्सव आयोजना गरिएको निर्माता संघले जनाएको छ । महोत्सवमा सहभागी हुन बलिउड अभिनेता गोविन्दा पनि नेपाल आएका छन् । नेपालका पनि पूरानो पुस्तादेखि नयाँ पुस्तासम्मका कलाकारहरु वीरगन्जमा छन् ।

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कार्यक्रम भव्य हुने विश्वास व्यक्त गरे । उनले भने, ‘जुन किसिमको कलाकर्मीहरुको उपस्थिति रहेको छ त्यो साच्चिकै उत्साहजनक नै छ । यहाँको स्थानीयले पनि हामीलाई सहयोग गरिरहनुभएको छ । त्यसैले कार्यक्रम सफल हुनेमा कुनै शंका छैन ।’

तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment