Comments Add Comment

अक्षययकुमार बलिउडकै सबैभन्दा महंगा अभिनेता ?

सन् २०१९ मा मात्रै अक्षय कुमारका तीन वटा फिल्महरु प्रदर्शन भए, केसरी, मिशन मंगल तथा हाउसफुल–४ । यसबाहेक उनी करण जौहरको फिल्म गुड न्यूजमा पनि देखिंदैछन् । उक्त फिल्म २७ डिसेम्बर २०१९ मा प्रदर्शन हुँदैछ । उक्त फिल्मसहित अक्षय कुमार एकै वर्ष चार वटा फिल्ममार्फत दर्शकमाझ आउने छन् । वर्ष २०२० मा उनी सूर्यवंशी, बच्चन पाण्डे, पृथ्वीराज तथा लक्ष्मी बममार्फत दर्शकमाझ आउने छन् ।

यसैबीच, बिहिबार सार्वजनिक भएको एउटा समाचार अनुसार अक्षय कुमारले अर्को एउटा फिल्म साइन गरेका छन् । उक्त फिल्म एक्शनप्रधान हुने बताइएके छ । बलिउड हंगामाले जनाए अनुसार वासु भगनानाी तथा फिल्म एयरलिफ्टका निर्देशक निखिल आडवाणीसंगै अक्षय कुमार एउटा पावर–प्याक फिल्ममा काम गर्दैछन् । उक्त समाचारमा जनाइए अनुसार उक्त फिल्म एक्सनका साथ–साथै मनोरञ्जन तथा इमोसनले पनि भरिपूर्ण हुनेछ ।

यो फिल्म वास्तविक जीवनमा आधारित हुने बताइन्छ । उक्त फिल्ममा अभिनय गर्नका लागि अक्षयले पनि स्विकृती जनाइसकेका छन् । चलचित्रको अधिकांश छायांकन लण्डनमा गरिने छ । ठूलो बजेटको हुने भनिएको उक्त फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा छायांकन गरिने बताइन्छ ।

उक्त फिल्मका लागि अक्षय कुमारले हालसम्मकै सर्वाधिक पारिश्रमिक लिन लागेको समेत उक्त समाचारमा जनाइएको छ । फिल्मका लागि अक्षयले एक सय करोड भारतीय रुपैयाँ (भारु) पारिश्रमिक लिन लागेको दावी गरिएको छ ।

यदि यो दावी सत्य भयो भने उनी बलिउडकै सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेताको रुपमा दरिने छन् । यसका साथै उनलाई फोब्र्सको सबैभन्दा बढि पारिश्रमिक लिने अभिनेताको सूचीमा पुनः एक पटक देखिने सम्भावना समेत बढेको छ । फिल्मका निर्माता तथा निर्देशकले अक्षयको जोडी मिल्ने अभिनेत्रीको खोजि गरिरहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment