Comments Add Comment

पोखराको निर्वाचन कार्यालय नजिकै विस्फोट

२१ कात्तिक, पोखरा । कास्कीको टुरिस्ट बसपार्कमा विष्फोट भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयनजिकै निर्माणाधीन बसपार्कभित्र विष्फोट भएको हो ।

कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले विष्फोट भएको आवाज आए पनि के पड्किएको हो भन्ने खुलिनसकेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘हाम्रो टोली पुगेर हेर्दा पटकाको बारुदजस्तो देखियो ।’ खाल्डोमा पड्किएकाले ठूलो आवाज आएको हुनसक्ने एसपी कार्कीले बताए ।

उनले भने, ‘थप बुझ्ने काम गरिरहेका छौं ।’

कास्की-२ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उप-चुनाव हुँदैछ । बिहीबार दलहरूले उम्मेदवारीको मनोनय दर्ता गर्ने कार्यतालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment