Comments Add Comment

गोविन्दासँगै नाँचे नेपाली नायिका (फोटो फिचरसहित)

बलिउड चलचित्रका नायक गोविन्दा विरगञ्जमा आयोजना भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’मा सहभागी हुन बिहिबार विरगञ्ज आइपुगेका थिए । विरगञ्जमा आयोजना भैरहेको महोत्सवमा सहभागी हुन आइपुगेका गोविन्दालाई हेर्न हजारौ दर्शकको भीड लागेको थियो ।

आदर्श नगर रंगशालामा आयोजना भएको महोत्सवमा गोविन्दा पुग्दा ठूलो भीड लागेको थियो । गोविन्दलाई भिडबाट जोगाउन प्रहरीलाई समेत हम्मे हम्मे परेको थियो ।

स्टेजमा नमस्कार भन्दै चढेका गोविन्दाले आफू अभिनित सफल चलचित्रका गीत गाएका थिए । साथै, उनले केही गीतमा नृत्य समेत गरे ।

गोविन्दाले विश्वको जुनसुकै देशमा पनि भाषाको संरक्षण गर्न चलचित्र र त्यसमा समावेश गीतको योगदान सबैभन्दा ठूलो रहेको सुनाए ।

उनले, नेपाली दर्शकबाट पाएको मायाले आफू सधै नै उत्साहित भएको भन्दै नेपालबाट माया पाएको सुनाए । गोविन्दाले ‘हर हर महादेव’ भन्दै दर्शकलाई नचाएका थिए । गोविन्दासँगै नेपाली चलचित्रका नायिकाहरु निरुता सिंह, स्वेता खड्का, वर्षा सिवाकोटी, रेजिना उप्रेती, कलाकार दीपकराज गिरी, निर्देशक दीपाश्री निरौला पनि नाचेका थिए । गोविन्दाका हिट गीतमा उनीहरु नाच्दै गर्दा माहोल संगीतमय बनेको थियो ।

गोविन्दाले नेपाली चलचित्रका कलाकार र नेपाली चलचित्र विश्वभर फैलियोस् भन्दै शुभकामना समेत दिए । उनले, दर्शकले दिएको माया आफ्नो मनमा रहेको भन्दै विरगञ्जका दर्शकलाई धन्यवाद दिएका थिए ।

नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सव कात्तिक २१, २२ र २३ गतेसम्म चल्नेछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment