
२१ कात्तिक, काठमाडौं । प्रहरीले चलचित्र निर्माता तथा वितरक गोविन्द शाहीलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत, काठमाडौंबाट एरेस्ट वारेन्ट जारी भएको आधारमा उनलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीका डीएसपी रुगम कुँवरले उनलाई पक्राउ गरिएको पुष्टि गरे ।
निर्माता सुदीप खड्काले दिएको किटानी जाहेरीका आधारमा उनीमाथि ठगी गरेको अभियोगमा अनुसन्धान भएको थियो ।
यसअघि ४ भदौमा पनि उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4