Comments Add Comment

२१ वर्षका युवकको उचाई ३१ इन्च, महानगरले मासिक ६ हजार दिने

२० कात्तिक, विराटनगर । बिराटनगरपालिकाका एक युवकलाई नेपालकै होचा व्यक्ति दाबी गर्दै महानगरपालिकाले विशेष भत्ता दिने भएको छ । विराटनगर–१९ का २१ वर्ष वर्षिय प्रकाशकुमार सरदारलाई महानगरले मासिक ६ हजार भत्ता दिने भएको हो ।

उमेरले २१ वर्ष पुगेका सरदारको उचाई ३१ इञ्च मात्र छ । असामान्य कम उचाई भएका प्रकाशलाई एक वर्षअघिबाट महानगरले मासिक तीन हजार भत्ता उपलब्ध गराउँदै आएको थियो । महानगरले अब पूर्ण अपांगता भत्ता पनि दिने महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

महानगरले उनलाई पूर्ण अपांगता भएका व्यक्तिलाई प्रदान गरिने रातो कार्ड उपलब्ध गराएको छ ।

अब महानगरले दिने विषेश भत्ता र अपाङ्गता भत्ता गरी उनले मासिक ६ हजार रुपैयाँ प्राप्त गर्ने अधिकारीले बताए ।

झट्ट हेर्दा दुधे बालक जस्ता देखिने प्रकाशकुमार सरदारले जिल्ला प्रशासन कार्यालय मोरङबाट २०५४ साल असार २ गते जन्ममितिको आधारमा नागरिकता बनाएका छन् । प्रकाशको टाउको केही ठूलो छ । सामान्य परिवारमा जन्मेका प्रकाशका आफन्त मजदुरी गरेर गुजारा चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment