Comments Add Comment

प्रेमिको पूर्वप्रेमिकासँग मित्रता

केहीवर्ष अगाडिसम्म जीवनमा प्रेम भनेको केवल एक जनासँग मात्र हुन्छ भन्ने भनाई थियो । तर, अहिलेका पुस्ताले यो भनाईलाई जुठो बनाइदिएका छन् । प्रायः अहिलेका पुस्ताका युवा-युवतीहरु प्रेम भएको केही समयपछि नै ब्रेकअप हुने र ब्रेकअपको केही समयपछि नै अर्को प्रेम हुने चलन बढेको छ । त्यति मात्र नभएर अहिले प्रेम भएकोमा मात्र खुशी मनाउने होइन ब्रेकअप भएकोमा पनि सेलिब्रेसन हुन थालेको छ । प्रेम र ब्रेकअपको बारेमा छ त धेरै वटा गीतहरु पनि बनिसकेका छन् ।

यसरी धेरैसँगको प्रेम हुँदा कहिलेकाहीँ आफ्ना प्रेमी-प्रेमिकाका पूर्व प्रेमी-प्रेमिकासँग पनि भेट हुन र मित्रता गाँसिन पनि सक्छ । आज हामी यहाँ आफ्नो प्रेमिको पूर्व प्रेमिकासँगको मित्रता गाँसियो भने के गर्ने भन्ने बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।

आफुलाई तयार गर्ने

यदि तपाईंहरु दुवै एउटै अफिसमा काम गर्नु हुन्छ । अथवा कामको क्रममा तपाईं आफ्नो प्रेमीको पूर्व प्रेमिकासँग भेटघाट हुन्छ । त्योभन्दा पहिला तपाईंले आफूलाई तयार गर्नुपर्छ । यदि तपाइर्ंको प्रेमी र उनकी प्रेमिकाबीचको ब्रेकअप नराम्रो तरिकाले भएको थियो भने ती बिषयमा कुरा गर्नाले तपाईंको काम बन्नुभन्दा बिग्रन सक्छ । त्यसैले कुनै कुराले यदि तपाईंहरुबीच स्थिति बिगि्रयो भने तपाईंलाई असहज महसुस नहोस् ।

आफ्नो प्रेमीसँग कुरा गर्नुपर्छ

यो बारेमा आफ्नो प्रेमीसँग तुरुन्त कुरा गर्नुपर्छ । यदि उनीहरुको सम्बन्ध खराब बिन्दुमा टुटेको थियो भने तपाइर्ंहरुबीच बन्न लागेको मित्रताको सम्बन्धले सहज महसुस नगर्न पनि सक्छ । यदि तपाईंको प्रेमी सहज छैनन् भने तपाइर्ंले यो सम्बन्धलाई औपचारिकमा मात्र सीमित राख्नु आवश्यक हुन्छ ।

कुरा सुन्नुपर्छ

यदि तपाईंको प्रेमीकी पूर्वप्रेमिका तपाईसँग आफ्नो सम्बन्धको बारेमा कुरा गर्न चाहन्छिन् । त्यसलाई ध्यान दिएर सुन्नुपर्छ । तर, उनले गरेको कुराले तपाईंहरुको वर्तमान सम्बन्धमा आँच आउन दिनुहुन्न । उनले गरेको कुरालाई आफ्नो वर्तमान सम्बन्धको दृष्टिकोणबाट हेर्नु हुँदैन ।

सन्तुलन आवश्यक छ

यदि उनको पूर्वप्रेमिकासँग तपाईं मित्र जस्तै गरी कुरा गर्नुहुन्छ भने कहिल्यै पनि उनलाई त्यो सम्बन्ध टुट्नाले उनमा कमी भएको महसुस हुन दिनु हुँदैन । त्यस्तै आफ्नो कुरामा उनलाई धेरै सहभागी गराउनु हुँदैन । त्यसो गर्दा तपाईंको प्रेमी पुनः उनैप्रति आकषिर्त हुन सक्छन् । त्यस्तो अवस्थामा सन्तुलन र सावधानी अति आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment