Comments Add Comment

कांग्रेस उम्मेदवार पौडेलको प्रश्न- ट्रम्पले जित्छन् भन्ने थियो र ?

२१ कात्तिक, पोखरा । कास्की क्षेत्रनम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेलले उपचुनाव सरकारलाई सही बाटोमा हिँडाउने अवसर भएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि उपचुनाव हुने एक मात्र क्षेत्र हो कास्की २ । त्यहाँ काग्रेसले पौडेल र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ । साना दलहरु पनि चुनावी मैदानमा छन् ।

यो क्षेत्रमा तीन पटक चुनाव जितेका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उपचुनाव हुन लागेको हो । नेकपाका उम्मेदवार भट्टराई, भट्टराई पत्नीसमेत हुन् ।

कांग्रेस उम्मेदवार पौडेलले भने नेकपाले आफ्नो बाचा पूरा नगरेकाले जनताले यो पटक आफूलाई चुन्ने बताए । एउटा चुनावले सरकार नढल्ने भन्दै उनले भने, ‘जुन बाटो हिँड्ने भनेको थियो, त्यो भएन भनेर जनताले सबक सिकाउन छन् ।’

पटक-पटक कांग्रेस हारेको क्षेत्र हो, जितको आधार के भन्ने प्रश्नमा उनले भने, ‘कहिले कसले जित्छ, कहिले कसले । अमेरिकामा ट्रम्पले जित्छन् भने थियो र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment