
२१ कात्तिक, बागलुङ । बागलुङमा क्षेत्रनम्बर २ ‘ख’ मा नेपाली कांग्रेसका जितबहादुर शेरचनले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावमा नरजंग घर्ती र समर्थकमा ज्ञानकुमारी छन्त्याल छन् ।
सो क्षेत्रमा नेकपाको समर्थन पाएका राजमोका खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । तर, घर्तीको निधन भएकाले १४ मंसिरमा उपनिर्वाचन हुँदैछ ।
बागलुङ २ ‘ख’ मा अघिल्लो निर्वाचनमा पनि जित बहादुर शेरचन नै कांग्रेसका उम्मेदवार थिए । उनी राजमोका टेकबहादुर घर्तीसँग तीन हजार मत अन्तरले पराजित भएका थिए ।
उनी बागलुङमा सबैभन्दा कम अन्तरले पराजित भएका कांग्रेस उम्मेदवार हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4