Comments Add Comment

सरकारले भन्यो : भारतीय नक्साबारे कुटनीतिक पहल गर्छौं

२१ कात्तिक, काठमाडौं । सरकारले भारतीय नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा भारतसँग कुटनीतिक र राजनीतिक रुपमा कुराकानी गर्ने बताएका छन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले भारतको नक्सामा नेपाली भूमि परेको सन्दर्भमा समस्या समाधानका लागि कुटनीतिक र राजनीतिक रुपमा पहल गर्ने उनले बताए ।

‘एकपक्षीय रुपमा जारी भएको राजनीतिक नक्सालाई हामीले अस्वीकार गर्ने र कुटनीतिक, राजनीतिक तहबाट त्यसलाई समाधान गर्ने काम गर्नेछौं’ मन्त्री बास्कोटाले भने ।

२०१८ सालमा नै लिपुलेक क्षेत्रमा जनगणना भएको र राजश्व उठाउनका लागि अड्डाहरु रहेको उल्लेख गर्दै उनले भने, ‘अन्त त राजस्व अड्डाहरु स्थापना गर्न सकिँदैन ।’

कुटनीतिक र राजनीतिक तहबाटै यो समस्या समाधान हुने उनले विश्वास ब्यक्त गरे । सरकार गम्भीरतापूर्वक देशको सीमा रक्षा, सार्वभौम स्वाधीनताको रक्षामा प्रतिवद्ध रहेको उनले बताए ।

लिपुलेक र कालापनीमा मात्रै सीमा समस्या नरहेको उल्लेख गर्दै उनले ऐतिहासिक तथ्यका आधारमा सीमा समस्याको समाधान खोजिने मन्त्री बास्कोटाले बताए । ‘सीमासँग सम्बन्धित विषयबस्तुहरु खाली त्यहाँको मात्रै होइन । अन्यत्र पनि सीमासँग सम्बन्धित विषयहरु टुङ्ग्गो लगाउन बाँकी छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment