+
+
Shares

विद्यार्थीले जलाए भारतको विवादित नक्सा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २२ गते ११:३५

२२ कात्तिक, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेकलाई आफ्नो क्षेत्रभित्र पारेर सार्वजनिक गरेको नक्सा विद्यार्थीहरुले जलाएका छन् । काठमाडौंस्थित भारतीय दूतावास नजिक लैनचौरमा संयुक्त विद्यार्थी आन्दोलनको ब्यानरमा  विरोध प्रदर्शन गर्दै विद्यार्थीहरुले विवादित नक्सा जलाएका हुन् ।

भारतको विरोधमा नेविसंघसहितका विद्यार्थीहरुले शुक्रबार बिहान नै चाबहिलमा विरोध जुलुससमेत निकालेका थिए ।

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा हस्तक्षेप गरेको भन्दै केही दिनयता नेपालभर भारतको विरोध हुँदै आएको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालकै भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?