Comments Add Comment

नम्रताको गुनासो–‘नायिका पर्दामा सुन्दर मात्र देखिनुपर्छ भन्ने छैन’

नेपाली चलचित्र बनाउनेहरुमा एउटा सोच छ, नायिका पर्दामा बोल्ड एन्ड ब्यूटी देखिनुपर्छ । धेरै निर्माता निर्देशकहरु यस्तो कुरा सोच्छन् र आत्मसाथ पनि गर्छन् । यो कुरामा नायिका नम्रता श्रेष्ठलाई भने गुनासो छ । आफूलाई विभिन्न अवतारमा प्रस्तुत गर्न चाहने नम्रता नायिका जहिल्यै सुन्दर देखिनुपर्छ भन्ने कुरामा सहमत छैनन् । उनी भन्छिन्–‘यहाँ त हस्पिटलको बेडमा रहेकी नायिकालाई पनि मेकअप गरिन्छ । कपाल मिलाइन्छ । त्यो कुरा गलत हो ।’ यस्ता कुराहरुले चलचित्र वास्तविक देखिनबाट चुक्ने नम्रताको भनाई छ ।

नायिकाहरुले केही फरक गर्नको लागि खराब मेकअप, छरपष्ट कपाल र भूमिका सुहाउँदो पहिरन लगाए ‘छ्या’को गाली आउने नम्रताको बुझाई छ । तर, सोही कुरा कुनै नायकले गर्दा भने तारिफ पाउने गर्छन् । यो पनि नम्रतालाई बिझाउने कुरा हो ।

‘भुईमा लडिबुडी गरेर रुनुपर्ने दृष्य हुन्छ’, नम्रता भन्छिन्, ‘त्यहाँ पनि निर्देशकले भन्नुहुन्छ, ‘अलि राम्रोसँग रोउ है’ ।’ नायिकाहरुलाई एउटै प्रकारको भूमिकामा काम गरेको दोष यही कारणले आउने गरेको उनले सुनाइन् । नम्रता भन्छिन्–‘यदि नायिकाले पनि नायक सरह खुल्लापन दिने हो भने वा राम्री देखिनुपर्छ भन्ने भ्रमबाट निस्केर काम गर्ने हो भने काम देखिन्छ । नायिकाको भूमिकालाई पनि महत्व दिएर लेख्न सकिन्छ ।’

नम्रता श्रेष्ठ अभिनित पछिल्लो चलचित्र ‘जाइरा’ हो । यो चलचित्रमा नम्रताले आफूलाई भिन्न अवतारमा प्रस्तुत गरेकी थिइन् । प्राय लभर गर्लको भूमिकामा देखिदै आएकी नम्रता उक्त चलचित्रमा भने बक्सरको भूमिकामा थिइन् ।

तर बिडम्बना, नम्रताको एक्सन चलचित्रलाई दर्शकले रुचाएनन् । समिक्षात्मक रुपमा पनि कमजोर बनेको यो चलचित्र व्यापारिक रुपमा पनि कमजोर रह्यो । नम्रताले अहिले नयाँ चलचित्र साइन भने गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment