
२५ कात्तिक, काठमाडौं । आजभन्दा ३७८ वर्ष पुरानो कात्तिक नाच ललितपुरको मंगलबजारमा चलिरहेको छ । पाटन कृष्ण मन्दिरसँगै रहेको चार नारायण मन्दिर अगाडिको कात्तिक डबलीमा हरेक वर्ष १२ दिनसम्म मनाइने यो पर्व मंगलबार सकिँदै छ ।
नेपाल सम्वत ७६१ (वि.सं १६९७)मा तत्कालीन राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु भएको मानिन्छ । सोही समयदेखि यो नाच अविछिन्न रुपमा ललितपुरमा देखाउँदै आइएको किंवदन्ती छ ।
कात्तिक नाच तान्त्रिक विधिबाट नाचिने नाच हो । यसका अधिकांश घटनाहरु विष्णु पुराणका कथाहरुसँग सम्बन्धित छ । सुरुमा ५ दिनसम्म मनाउने गरिएको यो नाच १५ दिन, २७ दिन हुँदै हाल १२ दिनसम्म मनाइन्छ ।
पहिलो दिन सुदामा प्याखँ, भक्त सुरदास प्याखँ, बाथ प्याखँ, युद्ध कला, देवी नृत्य, जलशयण, वराह अवतार, नृसिंह अवतार, वस्त्रहरण हुँदै अन्तिम दिन दधिलीला मनाउने गरिन्छ ।
तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4