
२५ कात्तिक, वीरगञ्ज । बाराबाट विद्युत चुहावटमा संलग्न ३० जनालाई पक्राउ गरेको छ ।
नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बारा र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो । उनीहरु अवैध रुपमा विद्युत चुहावटको कार्यमा संलग्न रहेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको दाबी छ ।
बाराको फेटा गाउँपालिका वडा नं ३ र ४ फेटा गाउँ, विश्रामपुर गाउँपालिका वडा नं १ र २ को बतरा, बरैनिया लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्राधिकरणमा रहेको बक्यौता र जरिवाना तिरेपछि उनीहरुलाई छाडिएको डीएसपी रञ्जित सिंह राठौरले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4