Comments Add Comment

अमेरिका जाने लोभमा पर्दा नेपाली युवा अफ्रिकामा अलपत्र, ६ जनाको उद्दार

२६ कात्तिक, काठमाडौं । अमेरिका लैजान्छु भनेर भियतनाम, इथियोपिया, माडागास्कार, जोर्डन, दुबई र अजरबैजान हुँदै अफ्रिकाको मलावीमा लगेर बन्धक बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय मुलका मलावे नागरिक नाजिर अहमद छन् । उनलाई मलावीको अपराध अनुसन्धान विभाग (सीआईडी) को टोलीले पक्राउ गरेको हो ।

अहमदलाई पक्राउ गरेर त्यहाँ अहिले अनुसन्धान भइरहेको छ भने ६ जना नेपाली नागरिकको उद्दार गरिएको छ । नेपालको मानव बेचबिखन अनुसन्धान ब्युरो (एचटीबी) को समन्वयमा मलावी प्रहरीले चलाएको अपरेशनका क्रममा पर्वतका ४, दाङ र रुकुमका १/१ जना गरी ६ जनालाई उद्दार गरिएको हो ।

ब्युरोका एसपी गोविन्द थपलियाले नेपालीलाई बन्धक बनाइएको सूचना प्राप्त भएलगत्तै त्यहाँको प्रहरीसँग समन्वय गरिएको बताए । उनका अनुसार उद्दार गरिएकामध्ये ४ जनालाई सोमबार स्वदेश फर्काएको छ भने थप दुई जना आउने क्रममा रहेका छन् ।

मानव तस्करको गिरोहले अजरबैजाने लाने क्रममा नेपालबाट भियतनाम लगेर त्यहाँ २० दिन, इथोपियामा ४ महिना, माडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेर मलावीसम्म पुर्‍याएर बन्धक बनाएको खुलेको थपलिया बताउँछन् ।

यसरी मानव ओसारपसार तथा बन्धक बनाउने अन्तर्राष्ट्रिय गिरोहको मालवी प्रहरी र ब्युरोबाट अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment