
२९ कात्तिक, काठमाडौं । भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका जुत्ता र साडी भण्डारण गरी राखेको अवस्थामा पर्सा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-३ छप्कैया बस्ने २४ वर्षीय सरफराज हासमी रहेका छन् । वीरगञ्ज महानगरपालिका-६ कलवार मार्केटमा अवैध रुपमा भन्सार छली गरी ल्याएका १२५० जोर जुत्ता र ११८ थान सिल्क साडी भण्डारण गरी राखेको अवस्थामा हासमीलाई बिहीबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद गरिएका जुत्ता र साडी करिब ९ लाख ३० हजार ८ सय मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
बिशेष सूचनाको अधारमा बरामद गरिएका जुत्ता तथा साडीसहित हासमीलाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4