Comments Add Comment

नेपालले हङकङलाई दियो २१८ रनको लक्ष्य, शरदको उत्कृष्ट इनिङ

३० कात्तिक, काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले हङकङलाई २१८ रनको लक्ष्य दिएको छ । उसले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २१५ रन बनाउन सक्यो ।

नेपालको सुरुवात भने निकै खराब रह्यो । कप्तान ज्ञानेन्द्र मल्ल फेरि एक पटक शुन्यमै आउट भए । कुशल मल्लले पनि मात्र १ रनमा आउट भए, जति बेला नेपालको स्कोर मात्र ३ रन थियो ।

तर शरद भेषावकरले पारी सम्हाले । उनले तेस्रो विकेटका लागि उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग ८३ रनको साझेदारी गरे । दीपेन्द्र ३७ रनमा आउट भए । त्यसपछि आरिफ शेखले अर्को महत्वपूर्ण साझेदारी गरे । उनले ७४ रनको साझेदारी गरे ।

आरिफ ४२ रनमा आउट भए, जतिबेला नेपालको स्कोर १६० रन पुगेको थियो । पवन शरार्फले खाता नै खोल्न सकेनन् । विनोद भण्डारी १५, करण केसी ७ र सुन भारी ६ रनमा आउट भए ।

अन्तिम बलमा ललितनारायण राजवंशीको विकेट गएपछि नेपाल अलआउट भयो ।

लगातार क्रिकेटमा टिकिरहेका शरद अन्तिम बल अघि ८९ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment