Comments Add Comment

१० नम्बरको जर्सीको अपमान भएको भन्दै रिसाए रिभाल्डो

काठममाडाैं । ब्राजिलियन फुटबल लेजेण्ड रिभाल्डोले लुकास पाकेटालाई १० नम्बरको जर्सी दिएकोमा आक्रोस पोखेका छन् । शनिबार ब्राजिलले अर्जेन्टिनासँग खेल्दा एसी मिलानका मिडफिल्डर पाकेटालाई १० नम्बरको जर्सी दिइएको थियो । र, यो खेलमा ब्राजिल १-० ले पराजित भयो ।

रिभाल्डोले पाकेटाको क्षमतामाथि प्रश्न गरेका होइनन् तर १० नम्बरको जर्सीले निश्चितस्तरको माग गर्ने उनको तर्क छ । उनी भन्छन्, ‘मैले ब्राजिल र अर्जेन्टिनाको खेल हेरेँ र १० नम्बरको जर्सीसँग जे भयो, त्यो देखेर दुःख लागेको छ ।’

१० नम्बरको जर्सीलाई विश्वभरले सम्मान दर्शाउने भन्दै उनले भने, ‘यो जर्सी बेञ्चका लागि होइन । हाफ टाइममा मैदान छाड्न पनि होइन ।

किनकी यो सबैले चिनेको जर्सी हो र यसप्रति सम्मान छ । किनकी यो पेले, रिभादिनो, जिको, रिभाल्डो, काका, रोनाल्डिन्हो र नेयमारले लगाएका छन् ।’

यसमा खेलाडीको नभइ कोचिङ स्टाफको कमजोरी भएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment