Comments Add Comment

सत्य निरुपण र वेपत्ता आयोगमा पदाधिकारी बन्न चाहनेहरुको नाम भोलि सार्वजनिक हुने

१ मंसिर, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका पदाधिकारी सिफारिस गर्न बनेको समितिले आवेदकहरुको नाम सार्वजनिक गर्दै उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

समितिको आइतबार बसेको बैठकले सम्पूर्ण नाम सार्वजनिक गर्ने निर्णय गरेको छ । ‘चार जनाको नाम विभिन्न संघसंथाबाट र ५३ जनाले आफैं आवेदन दिनुभएको थियो । उहाँहरु मध्ये ४/५ जनाको नाम हटाएका छौं’ समितिका सदस्य शर्मिला कार्कीले भनिन्, ‘हामीले पनि केही नाम थप गरेका छौं । भोलि झण्डै ६० जनाको नाम सार्वजनिक गर्छौं ।’

सार्वजनिक नामबारे कुनै उजुरी भए पाँच दिनभित्र दिन सकिने सिफारिस समितिको निर्णय छ । त्यसपछि समितिले दुबै आयोगका अध्यक्ष र सदस्यहरुको नाम सिफारिस गर्नेछ । ‘आगामी शुक्रबार वा आइतबारसम्म हामी नाम सिफारिस गर्छौं’ समितिकी सदस्य कार्कीले भनिन् ।

दुबै आयोगका अध्यक्ष र सदस्य सिफरिस गर्न सरकारले गत चैतमा पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment