Comments Add Comment

गुर्बाजको विस्फोटक ब्याटिङसँगै अफगानिस्तानले जित्यो सिरिज

काठमाडौं । रहमानुल्लाह गुर्बाजको विस्फोटक ब्याटिङसँगै अफगानिस्तानले तेस्रो टी–२० मा वेष्ट इण्डिजलाई २९ रनले हराएको छ र तीन म्याचको सिरिज २–१ ले जितेको छ ।

‘३६० डिग्री प्लेयर’ भनेर समेत चिनिने गुर्बाजले चार चौका र छक्कासँगै ५२ बलमा ७९ रन बनाएपछि अफगानिस्तानले २९ ओभरमा ८ विकेट गुमाएर १५६ रन बनायो ।

जबकि, उसको सुरुवात खराब थियो । १२ रन जोड्दा दुई विकेट गुमाइसकेका थियो । तर गुर्बाजले विस्फोटक पारी खेले । अस्गर अफगानले २४ रन बनाए ।

जवाफमा मैदान उत्रिएको वेष्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । उसका साई होफे ५२ रन बनाएका थिए ।

वेष्ट इण्डिजलाई सस्तैमा समेट्ने क्रममा नाभिद उलहकले ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment