Comments Add Comment

युरोकप छनोट : फ्रान्सको सुखद् अन्त्य

काठमाडौं । अल्बानियामाथि सहज जित हात पार्दै विश्व विजेता फ्रान्सले युरोकप छनोटको सुखद् अन्त्य गरेको छ ।

अल्बानियाँको नयाँ रंगशालामा आइतबार राति भएको खेलमा फ्रान्सले २–० को सहज जित हात पारेको हो । आठौं मिनेटमा टोलिसोको गोलबाट अग्रता लिएको फ्रान्सका लागि ३१ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरे ।

बाँकी समयमा भने थप गोल हुन सकेन ।

जितसँगै फ्रान्स समूह एचको विजेता बनेको छ । उसको १० खेलबाट २५ अंक रह्यो भने दोस्रो स्थानमा रहेको टर्कीको २३ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment