Comments Add Comment

पोर्चुगल युरोकपमा, देईको रेकर्ड तोड्ने रोनाल्डोको बाचा

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको गोलसँगै पोर्चुगलले लग्जम्बर्गविरुद्ध जित हात पारेको छ । योसँगै पोर्चुगल युरो कप २०२० मा छनोट भएको छ ।

आइतबार राति भएको खेलमा पोर्चुगलले लग्जम्बर्गलाई २–० गोल अन्तरले हराएको हो ।

लग्जम्बर्गको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले ३६ औं मिनेटमा ब्रुनो फर्नान्डेजको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको अन्त्यतिर रोनाल्डोले अग्रता दोब्बर बनाए ।

यो रोनाल्डोको ९९ औं गोल हो र इरानका लेजेन्ड अली देईको १०९ गोलको कीर्तिमानबाट मात्र १० गोल टाढा छन् । ‘सबै रेकर्डहरु तोडिने छन् र म त्यो रेकर्डलाई जित्छु’, रोनाल्डोले भने ।

तर १०० गोलको कोशेढुंगा पार गर्न नै उनले मार्चसम्म पर्खनुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment