Comments Add Comment

युरोकप २०२० : कुन–कुन देश छनोट भए ? कसको सम्भावना छ ?

काठमाडौं । पोर्चुगलले लग्जम्बर्गलाई हराएसँगै युरोकप २०२० मा १७ टिमले स्थान पक्का गरेका छन् ।

अझै केही टिम भने युरोको टिकटका लागि संघर्षरत छन् । समूहको अन्तिम खेलले यसको निर्धारण गर्नेछ ।

कुन–कुन देश छनोट भए ?

अहिलेसम्म अष्ट्रिया, बेल्जियम, क्रोएसिया, चेक रिपब्लिक, इंग्ल्याण्ड, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटली, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल, रसिया, स्पेन, स्वीडेन, टर्की र युक्रोन छनोट भएका छन् ।

शीर्ष स्थानमा कुन–कुनको सम्भावना ?

समूहको अन्तिम खेलबाट डेनर्माक र स्वीट्जरल्याण्ड शीर्ष स्थानमा जान सक्छ । डेनमार्क १५ अकंसहित समूह डीको शीर्ष र स्वीट्रल्याण्ड १४ अंकसहित दोस्रो स्थानमा छन् र दुवैले अन्तिम खेल खेल्न बाँकी छ ।

अझै हुनसक्छन् यी देश छनोट

अहिले आफ्नो समूहको तेस्रो स्थानमा रहेका रिपब्लिक अफ आयरल्याण्ड, स्लोभाकिया र वेल्स अझै युरोकपका लागि छनोट हुने सम्भावना छ । रिपब्लिक अफ आयरल्याण्ड समूह डीको तेस्रो स्थानमा छ र शीर्ष स्थानमा रहेको डेनमार्कभन्दा तीन र दोस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डभन्दा २ अंकले पछाडि छ । तीनै टोलीले अन्तिम खेल खेल्न बाँकी छ ।

यस्तै वेल्स र स्लोभाकिया समूह ईमा छन् । दुवै टिमले दोस्रो स्थानमा रहन हंगरीसँग प्रतिस्पर्धा गरिरहेका छन् । हंगरीको १२, वेल्सको ११ र स्लोभाकियाको १० अंक छ र तीनै टोलीले एक खेल खेल्न बाँकी छ ।

शीर्ष ६ मा को–को परे ?

युरोकप २०२० को जम्मा छ टिमलाई शीर्ष मानेर ३० नोभेम्बरमा ड्र हुनेछ । जसमध्ये अहिलेसम्म बेल्जियम, इटली, इंल्ग्याण्ड र युक्रोन पक्का भएको छ । तर जर्मनी, स्पेन र फ्रान्समध्ये एकले यो गुमाउने पक्का छ । साविकको विजेता पोर्चुगल पनि यसमा हुनेछैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment