Comments Add Comment

पाँच बर्षभित्रै निजगढबाट जहाज उड्छ : मन्त्री भट्टराई

१ मंसिर, निजगढ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारामा बन्न लागेको निजगढ अन्तराष्ट्रिय बिमानस्थलमा पाँच बर्षभित्रै जहाज उडाउने गरी काम अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् ।

सरोकारवाला निकायहरुसँग बाराको कोल्हबीमा आइतबार भएको छलफलका क्रममा मन्त्री भट्टराईले बिमान स्थल बन्दैन कि भन्ने शंका नगर्न स्थानीयलाई आग्रह गरे ।

निजगढ बाहेक अन्यत्र बिकल्प नरहेको भन्दै आयोजना सार्ने हल्ला मात्र भएको बताए । ‘अफवाह फैलिए जसरी रुख काटिने होइन, बरु यहाँको क्षेत्रमा रुख विरुवाको संख्या बढ्ने गरी काम हुन्छ’, उनले भने, ‘विभिन्न बहानामा यहाँको बिकास रोक्ने बिरोधी तत्वहरु अब सकृय हुन सक्दैनन् । पाँच बर्ष भित्रै यहाँबाट जहाज उडने गरी सरकारले योजना बनाइरहेको छ ।’

सरोकारवालाहरुको जिज्ञासाहरु सम्बोधन गर्दै उनले अब यस आयोजनाको नामको विवादमा अहिले अल्भिmन नहुने पनि बताए । अन्तराष्ट्रिय बिमानस्थलको नाम निजगढ चर्चामा रहेपनि सबैको सहमतिमा टुँगो लगाइने उनको आश्वासन छ ।

टाँगिया बस्ती बासीको स्थानान्तरणको सवालमा सरकार गम्भिर रहेको भन्दै सम्मानजनक रुपमा स्थानान्तरण वा अन्य बिकल्प खोजिने बताए । स्थानीयकै चाहना अनुरुप वस्ती ब्यवस्थापन हुने उनको दाबी छ ।

विमानस्थलका लागि प्रारम्भीक चरणमै एक खर्ब पचास अर्ब बजेट लाग्ने भन्दै उनले निजी क्षेत्रको लगानी समेत गरी करिब ५ खर्ब भित्रिने बताए ।

आइतबार चितवन हुँदै बारा आएका मन्त्री भट्टराईले सरोकारवाला तीनवटा नगरपालिका, त्यस क्षेत्रका सांसद, प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेका थिए ।

यसअघि कोल्लबी नगरपालिका ८ मा पर्ने काँटगाउँको स्थलगत अध्ययन गर्न पुगेका मन्त्री भट्टराईले त्यहाँका स्थानीयको गुनासोलाईसम्बोधन गर्ने प्रतिबद्धता जनाए ।

काँटगाउँमा एक सय बढी घरपरिवार मध्ये करिब ४२/४३ घरपरिवारले मुआब्जा बुझन मानेका छैनन् । उनीहरुले मुखाब्जाको रकमले अन्यत्र बसाई सर्न सम्भव नरहेको भन्दै स्थायी बसोबासको प्रबन्ध मिलाइदिन सरकारसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment