Comments Add Comment

नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स (भिडियोसहित)

२ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् ।

नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् ।

पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले पनि नाचेको मुद्रामा हात माथि गराउँछिन् र नाइट क्लबमा बजेको गीतमा बोली मिलाउँछिन् ।

हेर्नुहोस् भिडियो

एलओडीले अपलोड गरेको एक भिडियोमा रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो बोलको गीत बजिरहेको सुनिन्छ ।

नाइट क्लबमा पूर्वराजपरिवारका सदस्यहरु हँसिलो मुद्रामा देखिन्छन् । उनीहरुसँग कलाकारहरु केकी अधिकारी, रिमा विश्वकर्मालगायतले तस्वीर खिचाएका छन् ।

कमल थापाले गरे प्रशंसा

पूर्वराजा परिवारका सदस्यसहित नाइट क्लब पुगेको विषयमा मिश्रित प्रतिक्रियाहरू आइरहेका छन् । कतिपयले राजाको प्रशंसा गरेका छन् भने केहीले सस्तो भएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नाइट क्लब पुगेका ज्ञानेन्द्रको भिडियो सेयर गर्दै प्रशंसा गरेका छन् । उनले लेखेका छन्, ‘राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतीक- राजसंस्था ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment