Comments Add Comment

बाबु बने विपिन

नायक विपिन कार्कीलाई पुत्री लाभ भएको छ । विपिनकी पत्नी रेश्मा कटुवालले आज बल्खुको बयोधा अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् । छोरीको तौल ३.७ केजी रहेको विपिनले बताए । विपिनले भने–‘चलचित्रको पर्दामा पनि म बाबु बनेको छु । तर, त्यसमा अभिनय गर्दा र रियल लाइफमै बाबु भन्दाको अनुभव धेरै फरक हुने रहेछ । म आफूलाई महशुश भएको कुरा शब्दमा बर्णन गर्न नै सक्दिनँ ।’

नायक कार्कीले आमा र छोरीको अवस्था निकै राम्रो रहेको बताए । विपिन र रेश्माको बिहे भएको ५ बर्ष भयो । बिहे भएको ५ बर्षपछि उनीहरुले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएका हुन् ।

नायका कार्कीले हालै मात्र चलचित्र ‘सेल्फी किङ्ग’को छायांकन सकेका छन् । विपिन र रेश्मालाई वधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment