+
+
Shares

करिअरको सुखद सुरुवातको प्रतिक्षामा निकिता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते १३:५४

निकिता चण्डकलाई चलचित्रप्रति ठूलो झुकाव छ । यसैले त नयाँ मिस नेपाललाई क्राउन लगाइदिएसँगै उनले नयाँ चलचित्र साइन गरेकी थिइन् । उनले साइन गरेको नयाँ चलचित्र ‘रानी महल’ बन्दा बन्दै थन्कियो ।

चलचित्रको करिब २० प्रतिशत छायांकन सकिएसँगै निर्माण टिममा लफडा चल्यो । यसले, निकिताको नायिका बन्ने सपनामा तत्कालका लागि तुषारापात नै भएको थियो । तर, उनलाई नायक विराज भट्टले चलचित्र ‘साङ्लो’का लागि नायिका बनाए । यो चलचित्र भने रिलिजका लागि तयार छ ।

निकिताको आशा पनि अब, यो चलचित्रबाट करिअरको सुखद सुरुवात गर्ने छ । यसैले त निकिता अहिलेदेखि नै चलचित्रको प्रमोशनका दौडधुप गरिरहेकी छिन् । नेपालमा मिस नेपालहरुको चलचित्र करिअर खासै सुखद छैन । निकिता यसलाई तोड्न चाहन्छिन् ।

विराजसँगको साथले उनी क्रेज बनाउने दाउमा छिन् । निकिताले ‘साङ्लो’बाट करिअरको सुखद सुरुवात गर्न सकेको खण्डमा उनका लागि फाइदाजनक नै हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?