Comments Add Comment

आइएमइको डबलको डबल योजना : युएईमा ४ नेपालीले जिते नगद उपहार

युएई । आइएमइ दशैं तिहार तथा छठ पर्वमा डबलको डबल रकम योजना अन्तर्गत युएईमा कार्यरत चारजना नेपालीले उपहार जितेका छन् ।

योजनाकोे दोस्रो तथा अन्तिम महिना चितवनका जनक कार्की र कपिलवस्तुका दासुराम थारुले आफुले पठाएको रकमको डबल रकम पाएको आइएमइ अधिकृत ईश्वर अधिकारीले जानकारी दिए ।

यसअघि सेप्टेम्बर महिनाको पहिलो र दोस्रो हप्ताको बिजेता युएईबाट छानिएका थिए ।

उनीहरुमध्ये कार्कीले आफूले पठाएको रकमको चारगुणा रकम पाएका छन् ।उनले अल अहलिया एक्सचेन्जको अल एन शाखाबाट आइएमइ गरी ४६ हजार रुपैयाँ रकम नेपाल पठाएका थिए । पठाएको रकमको चारगुणा १ लाख ८३ हजार ७७२ रुपैयाँ पाएका हुन् ।

त्यस्तै थारुले आफूले पठाएको रकमको डबल पाएका छन् । उनले अल अन्सारी एक्सचेन्जको सारजहा शाखाबाट आइएमइ गरी २५ हजार रुपैँया नेपाल पठाएका थिए । पठाएको रकमको डबल अन्तर्गत ५० हजार रुपैँया पाएको आइएमइका युएई प्रमुख उत्तम बस्नेतले बताए ।

आइएमइको यो योजनामा हरेक हप्ता विश्वभरका दुई जना नेपाली बिजेता छानिएका थिए । उक्त योजनामा युएईबाट ४ जनाले उपहार जितेका हुन् । योजना अन्तर्गत पहिलो महिनाको पहिलो र दोस्रो हप्ता युएईमा कार्यरत सुनसरीका महेश आले र स्याङ्जाका विजयी नेपाली बिजेता बनेका थिए ।

२ जना अल अहलिया एक्स्चेन्ज र २ जना अल अन्सारी एक्स्चेन्जबाट विजेता हुन बनेका हुन् ।

आइएमईको दशैं-तिहार तथा छठ पर्वको डबलको डबल उपहार योजना सेप्टेम्वर १ तारिखदेखि नोवेम्बर १६ सम्म चलेको थियो ।

योजना अवधिभर साप्ताहिक २ जनालाई आइएमइ गरिएको रकमको डबल, मासिक २ जनालाई आइएमइ गरिएको रकमको चारगुणा बढी तथा बम्पर योजनामा सहभागी मध्येको एकजनाले आइएमइ गरिएको रकमको ८ गुणसम्म रकम पाएको आइएमइका अधिकृत ईश्वर अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment