Comments Add Comment

अक्षय र करिनाको ‘गुड न्यूज’ ट्रेलर रिलिज

अक्षय कुमार, करिना कपुर, दिलजित र कियरा अडवानीको मुख्य भूमिका रहेको चलचित्र ‘गुड न्यूज’को ट्रेलर सार्वजनिक भएको छ । राज मेहत्ताको निर्देशनमा तयार भएको यो चलचित्रलाई धर्मा प्रोडक्शनले निर्माण गरेको हो । चलचित्रमा ज्योती कपुरको कथा तथा पटकथा छ ।

चलचित्रको ट्रेलरलाई कमेडी शैलीमा तयार पारिएको छ । एक फरक कथामा तयार भएको चलचित्रले बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

सन्तानको अपेक्षामा रहेका २ जोडीको कथामा यो चलचित्र बनेको छ । चलचित्र डिसेम्बर २७ तारिखबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment